सरकार पक्षद्वारा अदालतमाथि सेटिङ्गको आरोप

सरकार पक्षद्वारा अदालतमाथि सेटिङ्गको आरोप

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेपाल खेलकुद महासंघले षड्यन्त्रमूलक अपराध भन्दै आन्दोलनको घोषणा गरेको छ । फैसलाले लोकतन्त्र, विधिको शासन र बहुदलीयतालाई खारेज गरेको भन्दै महासंघले आन्दोलनमा उत्रन आव्हान गरेको हो ।

विज्ञप्ति जारी गर्दै महासंघले अदालत सेटिङ्गको चलेको आरोपसमेत लगाएको छ । ‘यस किसिमको गैरसंवैधानिक फैसलाले जनताको न्यायालयप्रतिको विश्वास डगमगाएको छ । तसर्थ नेपाल खेलकुद महासंघ यो फैसलाप्रति असहमति जनाउँदै ‘कतै सेटिङ त छैन ?’ भन्ने आशंका गर्दै राजनीतिमा अदालतले हस्तक्षेप गरेको प्रति दु:ख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अदालतको फैसलाले जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई चुनौती दिएको महासंघको भनाइ छ । लोकतन्त्रको रक्षार्थ, अदालतीय ‘कू’ का विरुद्ध आन्दोलन घोषणा गरेको महासंघले संविधान र लोकतन्त्रलाई सही दिशामा ल्याउन नागरिक समाज, राजनीतिक दल, पेशागत संघसंगठन, युवा-विद्यार्थी, खेलकुद क्षेत्रलाई एकतावद्ध भएर भूमिका खेल्न आग्रह गरेको छ ।

टिप्पणीहरू