लागुऔषध मुद्धाका फरार दुइ अपराधी पक्राउ

लागुऔषध मुद्धाका फरार दुइ अपराधी पक्राउ

लागूओषधको मुद्दामा दोषी ठहर भइ फरार रहेका दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी-२ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी-३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन ।

उनीहरु दुवैलाइ सुनसरी जिल्ला अदालतले लागुऔषध मुद्धामा दोषी ठहर गर्नुका साथै कैद समेत तोकेको थियो ।

पक्राउ परेका कार्कीलाई पनि सुनसरी जिल्ला अदालतले २०७३ साल भदौ २७ गते १ बर्ष कैद र ७ हजार रुपैया र अर्का सार्कीलाइ सोही अदालतले २०७३ साल भदौ ४ गते ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकेको थियो । कैद र जरिवाना तोकिएका दुवै अपराधी फरार रहदै आएका थिए ।

दुवैलाइ फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुह प्रहरी टोलीले हिजो पक्राउ गरेको हो । अहिले दुवैलाइ सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रिय कारागार झुम्का पठाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू