सिंहदरबारमा शुरु भयो एमाले कार्यदलको बैठक

सिंहदरबारमा शुरु भयो एमाले कार्यदलको बैठक

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएका समस्या समाधान गर्न गठित कार्यदलको बैठक पौने १ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको छ ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट,स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे,रघुजी पन्त भीम आचार्य सहभागी हुनुभएको छ ।

अध्यक्ष ओली पक्षबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीपकुमार ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल र विष्णु रिमाल उपस्थित हुनुहुन्छ ।

टिप्पणीहरू