हिजो माओवादी छाडेर एमालेमा,आज निर्वाचन आयोगमा

हिजो माओवादी छाडेर एमालेमा,आज निर्वाचन आयोगमा

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु आज निर्वाचन आयोग जाने भएका छन् । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका मणि थापा, टोपबहादुर रायमाझी,प्रभु साहलगायत नेताहरू आयोग कार्यालय जान लागेका हुन् ।

माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर के भैरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग जान लागेका छन् । नेता मणि थापाले आफूहरू बिहान ११ बजे निर्वाचन आयोग जान लागेको बताए ।

अधिवक्ता सरोज बुढाथोकीले अस्ति आयोगमा माओवादी केन्द्र दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए । माओवादी केन्द्रले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै एमालेको पूर्वमाओवादी समूहले दल दर्ता खारेजीको निवेदन बुढाथोकीमार्फत निवेदन दिएको थियो।

निवेदनमा संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजीको दाबी गरिएको छ ।

टिप्पणीहरू