मेरियटमा प्रधानमन्त्रीले माधव नेपालको पेट हेर्दै भन्नुभयो ‘जनै खटिरा हो’

मेरियटमा प्रधानमन्त्रीले माधव नेपालको पेट हेर्दै भन्नुभयो ‘जनै खटिरा हो’

बुधबार साँझ एमाले विवाद सल्ट्याउन भन्दै कार्यदलको पहलमा होटल मेरियटमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा वार्ता भयो । वार्तामा दोस्रो पुस्ताका नेताहरूसमेत हुनुहुन्थ्यो ।

शुरुमा अध्यक्ष ओली र नेता नेपाल मात्र भेट हुँदा सञ्चो बिसञ्चोको औपचारिकता भएको बताइन्छ । त्यहि क्रममा नेपालले आफूलाई भुँडी र अगाडिको भागमा जनै खटिराजस्तो पानीसरा आएको बताएपछि प्रधानमन्त्रीले ‘खै खै’ भन्दै नेपालको पेट हेर्न खोज्नुभएको हो ।

उहाँले पानीसराको औषधि बताउँदै नेपाललाई सुझाउनुभयो कालो तिल आफैँले चपाएर थपकथपक लगाइदिनुहोला । तिल चपाउँदा पनि आनन्द आउँछ । चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदिनुहोस् । त्यसरी लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा,फोका,त्यो जीलजील गर्ने फोकाहरू समाप्त हुन्छ र बिस्तारै केही घण्टाभित्र सुक्छ ।’

टिप्पणीहरू