कुटपिटबाट रुकुममा १ जनाको मृत्यु

कुटपिटबाट रुकुममा १ जनाको मृत्यु

रुकुममा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–४ घुन्मा बस्ने २९ वर्षीय लजिम बिकको कुटपिटबाट मंगलबार बिहान मृत्यु भएको हो ।

स्थानीय ४१ वर्षीय धर्मजितसँग भएको झगडामा बिकको मृत्यु भएको हो । प्रहरीका अनुसार धर्मजितले कुटोले टाउकोमा प्रहार गर्दा लजिमको घटनास्थलमा नै मृत्यु भएको थियो ।

अहिले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, रन्मामैकोटबाट खटिएको प्रहरी टोलीले धर्मजितलाई नियन्त्रणमा लिएको जनाएको छ ।

टिप्पणीहरू