लागूऔषधसहित ५ जना पक्राउ

लागूऔषधसहित ५ जना पक्राउ

कञ्चनपुर, कैलाली र मकवानपुरमा लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५, बनखेतबाट करिब २३ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल काँटासहित स्थानीय ब्रम्हदेव बस्ने १९ वर्षीय मोहन पन्त र ऐठपुर बस्ने २८ वर्षीय रामबहादुर साउद पक्राउ परेका हुन् ।

म.२ प ९८६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेक जाँच गर्ने क्रममा उक्त पदार्थसहित प्रहरीले फेला पारेको बताइन्छ ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१६ बस्ने ५० वर्षीय मईतु राम डगौरालाई ५ केजी ५ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

उता हेटौंडा उपमहानगरपालिका–५ पिपल चौताराबाट लागूऔषध नाइट्राभेट १ हजार ४ सय ९६ थानसहित चितवन कालिका नगरपालिका–१, जुटपानी बस्ने २३ वर्षीय रविन बिक समेत दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

बा.९५ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू