दस कृषक परिवारलाई कृषक पदमा जागिर खुल्यो

दस कृषक परिवारलाई कृषक पदमा जागिर खुल्यो

कृषि प्रधान देश नेपालमा पहिलो पल्ट कृषकको पदमा जागिर खुलेको छ । बतास एग्रो बहुउद्देश्यीय कृषि परियोजनाले कृषि तथा पशुपालन कामको दायरा तोकेर यो विज्ञापन निकालेको हो । सो परियोजना अन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका २ भयर चौरमा रहेको दुई सय रोपनी जग्गामा कृषि तथा पशुपालनको काम गर्नु पर्नेछ ।

दस परिवार नेपाली कृषकले आवेदन गर्न सक्ने सो परियोजनामा कार्यरत भएपछि मासिक तलव प्रतिमहिना ३२ हजार रुपैया तोकिएको छ । ४५ वर्ष ननाघेका कृषक दम्पतीलाई आव्हान गरिएको विज्ञापनमा गन्धर्व तीन, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ, मगर एक, ब्राह्मण, क्षेत्री र नेवार परिवारबाट एक एक गरी दस परिवारलाई छनौट गरिनेछ ।

जागिरका साथै दिइएको आकर्षक अफरमा एउटा जर्सी गाई, १० जोडी चल्ला, एक भोटे कुकुर र बिरालो, दुई जोडी हाँस, तीन घार मौरी, पाँच जोडी परेवाको आकर्षक सुविधा पनि दिइएको छ । ओछ्याउने ओढ्ने र आधुनिक किचेनका सामग्रीहरु पनि दिने भएको छ । साथै मासिक रुपमा न्यूनतम रिचार्ज कार्डसमेत उपलव्ध गराउने परियोजनाले निकालेको सूचनामा उल्लेखित छ ।

यसका साथै विशेष सुविधाका रुपमा मोटरसाइकल चलाउन जान्ने लाइसेन्स लिएकाहरुलाई मोटरसाइकल खरिद गर्न ५० प्रतिशत रकम कम्पनीले लगानी गरिदिने र बाँकी रकम किस्ताबन्दीमा तिर्न सहयोग गर्ने भएको छ ।

टिप्पणीहरू