चितवनमा लदरी खोलाको पुल भत्कियो, जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

चितवनमा लदरी खोलाको पुल भत्कियो, जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

चितवनको खैरेनी नगरपालिका २ मा रहेको लदरी खोलाको पुल भत्किएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पर्सा बजारलाई वडा नम्बर २ र ३ सँग जोड्ने पुल भत्किएको खैरेनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताउनुभएको छ ।

बाढीका कारण पर्सा बजार पनि डुबानमा परेको छ । बजारसँग जोड्ने पुल भत्किए पनि बस्तीसँग जोडिएका अन्य वैकल्पिक पुलहरु समेत रहेको उहाँले बताउनुभएको छ ।

अहिले नगरपालिकाको वडा नम्बर १ मा रहेको बस्ती डुवानमा परेपछि स्थानीय ३० घरधुरीका परिवारलाई स्थानीय कंकाली माध्यमिक विद्यालयमा सारिएको मेयर चौधरीले बताउनुभएको छ ।

टिप्पणीहरू