वार्तामा बोलाउने,रक्सी गन्हाउने

वार्तामा बोलाउने,रक्सी गन्हाउने

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो समय कैयौँ अनियमितता सार्वजनिक हुँदै आएका छन् । हिजो मात्रै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मादक पदार्थ सेवन गरेर वार्तामा बसेको पाइएको छ ।

दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति गिरी रक्सी खाएर आएपछि आज समितिले उपकुलपति,रेक्टर,रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा तालाबन्दी गरेको नागरिक दवाव सञ्जाल धरानका संयोजक राजेन्द्र शर्माले बताएका छन् ।

विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका पेशागत संगठन, कर्मचारी,आवासीय चिकित्सक तथा विद्यार्थीले गिरीले मादक पदार्थ सेवन गरेर वार्तामा बोलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

हिजो बैठक बस्ने बेला गिरीको बोली लडबडाएको र मादक पदार्थको गन्ध आएपछि आवेगमा आएका उनीहरुले हिजो बेलुका १० बजेसम्म आन्दोलन गरेको शर्माले बताए ।

प्रतिष्ठानको आय-व्यय विवरण सार्वजनिक गर्नुपर्ने,हरेक हप्ता सार्वजनिक सुनुवाइ गर्नुपर्नेलगायतको माग राख्दै आन्दोलन गरिरहेका उनीहरुले पदाधिकारी असक्षम एवं गैरजिम्मेवार भएको भन्दै राजीनामा मागेका छन् ।

समितिले माग पूरा गर्न एक साताको अल्टिमेटम दिएको छ । असार २३ गतेभित्र माग सम्बोधन नगरिए सम्पूर्ण फ्याकल्टी, कर्मचारी,आवासीय चिकित्सक विद्यार्थीहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएको शर्माले जानकारी दिए ।

टिप्पणीहरू