छ महिना ए डिभिजन लिग चल्ने

छ महिना ए डिभिजन लिग चल्ने

फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग आगामी असोजमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को हिजो बसेको बैठकले ए डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको हो ।

एन्फा मुख्यालयमा बसेको ए डिभिजन लिग र एन्फा पदाधिकारीहरुको बैठकले लिगको मिति तय गर्दै बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता पर्सी बुधबारबाट खुला हुने बताएको छ ।

संविधान दिवसको दिन उद्घाटन हुने गरी कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्ने बाटो खुलाएको बताइएको छ । असोजबाट हुने यस पटकको लिगमा बी डिभिजन लिगबाट माथि उक्लेको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर प्रतियोगिता टुङ्गाएको सरस्वती यो सिजनमा सामेल हुने छैन ।

एन्फाको क्यालेन्डरअनुसार ए डिभिजन लिग भदौदेखि चैतसम्म सञ्चालन हुन्छ । सोही लक्ष्यअनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरिएको हो ।

टिप्पणीहरू