अलिकति विष पठाइदिनोस्, हजुर ! « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

अलिकति विष पठाइदिनोस्, हजुर !

प्रकाशित मिति :  ११ कार्तिक २०७३, बिहीबार ०८:३२


जब परिवारमा दायित्व बढ्दै गयो आम्दानीको स्रोत केही नहँुदा विदेश गएर केही कमाआंै, छोरा–श्रीमतीको चाहना र घरपरिवारको इच्छा पूरा गरौं भन्ने चाहनाले नेपाल सरकारको श्रम स्वीकृतिप्राप्त रोजगारमा भिभी इन्टरनेशनल मेनपावर कम्पनी सिनामंगलबाट पोर्चुगल आउन मन लाग्यो । सोहीअनुरूप २०१२ को अन्त्यमा भिसा लाग्यो । सोहीबापत ऋण, धन गरेर ८ लाख बुझाएँ । २०१३ मार्च २१ मा नेपालबाट हिँडियो । श्रम–सम्झौतामा मासिक तलब ४ सय ८५ युरो, सातामा ५ दिन दैनिक ८ घण्टा काम गर्ने कुरा थियो । तर, काम गर्न थालेपछि थाहा पाइयो कि हामी नेपालबाट कृषिमा आउने बधुवा मजदुरजस्तै रहेछाँै न आफूखुशी बजार जान पाइने न केही खान पाइने । महिना मर्दा तलब–सुविधा भनेजस्तो पाइनँ, सम्झौताअनुसार सुविधा नपाएको गुनासो फ्रान्सस्थित नेपाली दूतावासलाई गराएँ । त्यहाँका रामबाबु ढकालले उल्टै कम्पनीले तिम्रोविरुद्ध ऊजुरी गरेको छ भनेर मालिकसँग मिलेमतो गर्न थालेछन् । त्यसपछि ओरालो लाग्न शुरु भयो । म त्यहाँ कुटिएँ, म¥यो भनेर बाहिर फाले । नेपाली साथीभाइले सहयोग गर्न नखोजेका होइनन् तर सबै मजस्तै थिए सायद । साहुले ३ महिनाका लागि कामबाट निकाल्यो । एकातिर पिटाइ, अर्कोतिर खाने, बस्ने ठेगान भएन । प्रेसर हाई भयो, फारो अस्पतालमा गएँ । एक सातामै सपना तुहिए । जब ०१४ अप्रिलमा डाक्टरले तेरो २ वटै मिर्गौलाले काम गर्दैन भनेपछि मैले संसार अन्धकार देख्न थालें । अनि संघर्षका दिन शुरु भए । लिज्वन आएँ । नेपाली समाजसँग सहयोगका लागि याचना गरेँ तर पोर्चुगलमा धन भएकाहरूको मन नहुँदो रहेछ । मन हुनेको धन नहुँदो रहेछ, मलाई सहयोगभन्दा धाकधम्कीका म्यासेज बढी आउन थाले, कतिका म्यासेज मोबाइलमा सुरक्षित छन् । न म भाषा जान्दछु यहाँको न ऊनीहरू अंग्रेजी बोल्छन् । बिरामी मान्छे कोठाका लागि कतिसँग हारगुहार गरँे, मिर्गौलापीडित भनेपछि नेपालीले कोठा दिने त कुरै भएन, यहाँको नियम पनि थाहा भएन । तर, डायलिसिसचाहिँ साताको ३ पटक यहाँको सरकारले निःशुल्क गरेको छ । पोर्चुगलमा मजस्ता आप्रवासी धेरै छन्, मलाई यो देशसँग कुनै गुनासो छैन, गुनासो नेपाली समुदाय र संघसंस्थासँग छ । धेरै नेपालीका लागि यहाँ २०–२५ लाख पनि नउठेको होइन तर म यहाँ नेपाली भनेर चिनिएको छु । यदि, यहाँ यो जात या राजनीतिक दलको सदस्य भएको भए मलाई पनि सहयोग हुने थियो होला । तर,  भएन, घरमा श्रीमती र छोराहरू मेरो चिन्ता गर्छन्, न म यहाँबाट नेपाल नै जान सक्छु न श्रीमतीलाई यहाँ ल्याउन कसैबाट पहल हुन्छ, मैले माननीय परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई ण्ण्ढठठढडछज्ञण्घछठछढ मा फोन गरेर सबै दुखेसो नभनेको होइन तर उल्टै हप्काउनुभयो । वाणिज्य दूतलाई सम्पर्क गर्न भन्नुभयो तर यहाँको वास्तविकता अर्कै छ, वाणिज्य दूत अनि यहाँका संघसंस्था हामीजस्ता बिरामीका लागि होइन, यहाँ यी संस्था आसन र भाषण गर्नेहरूका लागि भन्ने कुरा मन्त्रीज्यूलाई थाहा नभएको पनि होइन । मैले त्योभन्दा पहिले तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई ००९७७९८५११६५२१४ नम्बरमा फोन नगरेको पनि होइन तर उहाँहरूले हाम्रो कुराभन्दा यहाँका कांग्रेसजनको कुरा सुन्नुभयो होला, यहाँ चिल्ला कारमा हिँड्ने नेपालीलाई हप्ताको ३ पटक डायलिसिस गर्नेको पीडा के थाहा ? प्रधानमन्त्रीज्यू, म कुनै दलको सदस्य छैन तर पक्का नेपाली हुँ, हजुर देशको प्रधानमन्त्री हुनहुन्छ, म परिवार भेट्न चाहन्छु, कानुनी रूपमै बसेको छु । परराष्ट्र मन्त्रालय या नेपाली राजदूतावासले पहल गरिदिने हो भने परिवारलाई भेट्न सक्थें । आजभन्दा ५ महिनाअघि ब्रेन ट्युमर भएको एक नेपालीको श्रीमतीलाई परराष्ट्र मन्त्रालयको पहलमा पोर्चुगल ल्याइयो, प्रधानमन्त्रीज्यू, म नेपाल आउन सक्ने अवस्था छैन र यहाँ मलाई सहयोग गर्ने कोही छैन । पोर्चुगल सरकारले मानव तस्करबाट पीडित भनेर खान, बस्न दिएको छ र यहाँको सरकारले त्यस्तै फैसला गरेको छ । यो नेपाल सरकारकै बेइज्जती हो । जीवनसँग हरेस नखाए पनि नेपाली राजदूतावास फ्रान्स, नेपाल सरकार र वाणिज्य दूतावासबाट थकित छु । केही बोलँु भने नेपालीबाटै कुटिने अवस्था छ, कति नेपाली बोलेकै भरमा कुटिएका पनि छन् । कतिले धाकधम्की खाएका छन्, यो समाचार प्रकाशन भएपछि सायद मलाई पनि आक्रमण नहोला भन्न सक्दिनँ । हात जोडी बिन्ती गर्छु, मलाई परिवारसँग भेट गर्ने कागजी प्रक्रिया मिलाइदिनुहोस् । यदि, मेरो श्रीमती यहाँ भइदिए, जसोतसो गुजारा गर्नसक्ने हुने थिएँ । त्यो हुन सक्दैन भने विष पठाइदिनुहोस्, यहाँ विष किन्न पनि मिल्दोरहेनछ ।
– नेपाल आमाको छोरा, मिर्गौलापीडित सुव्रोत रिमाल


प्रतिक्रिया दिनुहोस !