नेपाल टेलिकमको मोबाइल सेवामा किन आयो समस्या ? « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

नेपाल टेलिकमको मोबाइल सेवामा किन आयो समस्या ?

प्रकाशित मिति :  ९ असार २०७८, बुधबार ०९:३७


नेपाल टेलिकमको मोबाइल सेवामा आज बिहान झण्डै डेढ घण्टासम्म अवरोध देखिएको छ । बिहान पौने ७ बजेदेखि सवा ८ बजेसम्म नेपाल टेलिकमको मोबाइल सेवा लगभग अवरुध्द भएको थियो ।

मोबाइल सेवा अवरुध्द भए पनि डेटामा समस्या नआएको तर भ्वाइस कलमा मात्र डेढ घण्टा समस्या देखिएको नेपाल टेलिकम स्रोतले बताएको छ । स्रोतका अनुसार ग्राहकको लोकेशन अपडेट गर्ने सर्भरमा समस्या आएको कारण आज बिहान मोबाइलमा कल गर्दा सबैले समस्या झेलेका थिए ।

“१७ वर्षअघि राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिनुअघि मोबाइल सेवा अवरुद्ध बनाएको क्षणलाई सम्झँदै अनेक तर्कसमेत गर्न भ्याएका थिए ।”

डेढ घण्टापछि उक्त समस्या समाधान भएर सेवा सुचारु भएको बताइन्छ । प्राविधिक रुपमा एनटिसीको ल्याण्ड लाइन, एनटिसीबाट एनसेल क्रस सर्भिस, डेटा नेटवर्क सबै काम भएपनि भ्वाइस कलमा मात्र आएको समस्या समाधान गरिएको बुझिएको छ ।

हिजो अपरान्ह सर्वोच्च अदालतबाट २० जना मन्त्री एकै पटक पदमुक्त हुनेगरी आएको अन्तरिम आदेशपछि आज सबेरै अधिकांशको मोबाइल सेवा अवरुद्ध हुँदा धेरैको मनमा चिसो पसेको थियो । सबैले १७ वर्षअघि राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिनुअघि मोबाइल सेवा अवरुद्ध बनाएको क्षणलाई सम्झँदै अनेक तर्कसमेत गर्न भ्याएका थिए ।


प्रतिक्रिया दिनुहोस !