गायिका शान्ती श्रीको ‘पागल’ सार्वजनिक

गायिका शान्ती श्रीको ‘पागल’ सार्वजनिक

मोडल तथा युटुब पत्रकार शिशिर भण्डारी रुपा कँडेलको प्रेममा पागल भएका छन् । लोक तथा दोहोरी गायक राजेन्द्र कँडेलको स्वरमा सार्वजनिक ‘पागल’ बोलको गीतमा अभिनय गरेका भण्डारी रुपाको प्रेममा पागल भएको देखाइएको छ ।

पछिल्लो समय चर्चामा आएकी गायिका शान्ती श्री परियारको ‘पागल’ बोलको गीतमा महिलाको स्वर दिएकी परियारले पुरुषको आवाज तथा संगीत राजेन्द्र कँडेलले दिएका छन् ।

नारायणप्रसाद शर्मा (मुस्कान) को शब्दमा सजिएको उक्त गीतमा विनोद बाजुरेलीको एरेञ्ज, खड्क बाजुरेलीको अडियो सम्पादन, गोविन्द पराजुलीको रेर्कडिङ रहेको छ ।

भिडियोतर्फ विक्रम चौहानको निर्देशन, शिशिर भण्डारी र रुपा कँडेलको अभिनय, मिलन विश्वकर्माको कलर तथा सम्पादन रहेको छ भने पोष्ट प्रोडक्सन बी स्टार फिल्मस्ले गरेको हो । गीतमा दुई प्रेमीको बिछोड भएपछिको अवस्थालाई चित्रित गरिएको छ ।

टिप्पणीहरू