ज्वाला सङ्ग्रौलालाई थुन्न भोलि अदालतबाट म्याद थपिँदै,अर्को उजुरी पनि भोलि नै

ज्वाला सङ्ग्रौलालाई थुन्न भोलि अदालतबाट म्याद थपिँदै,अर्को उजुरी पनि भोलि नै

जापानमा पढ्न बसेदेखि नै सामाजिक सन्जालका उग्र लेखाइ र जोशिलो गतिविधिमा निरन्तर क्रियाशील ज्वाला संग्रौंलालाई आज महानगरीय प्रहरी,काठमाण्डौले आफ्नो हिरासतमा राखी भोलि थप थुनाको निम्ति अदालतबाट म्याद लिन लागेको छ ।

जेठ १४ गते गौरीघाटमा ज्वाला र उनको समूहले खुश्बु घिमिरेलाई हातपात गरेपछि आज प्रहरीले पक्राउ गरेको हो । काट्छु मार्छु शव्दलाई दालभात जसरी प्रयोग गरिरहन रुचाउने ज्वालाले केही दिनअघि महाराजगञ्जमा मधेसी मूलका ट्राफिक प्रहरीमाथि जातीय विभेद हुनेगरी सार्वजनिक रुपमा अपशव्द प्रयोग गरेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार जाहेरीवाला खुश्बु घिमिरको लिखित उजुरीपछि ज्वाला पक्राउ परेकी हुन् । घिमिरे र संग्रौलाबीच फेसबुक वाल र म्यासेजमा ‘मनपरी’ लेखेर भनाभन र झगडा भएको थियो ।

जाहेरीमा उल्लेख भएअनुसार ज्वालाले खुश्बुुलाई छलफल गर्न भनेर बोलाएपछि ६ जना मिलेर चौकीमा बुटै बुटले हानेको भिडियो वयान सार्वजनिक भएको छ । तीमध्ये प्रहरीले शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पनि पक्रेको छ । घिमिरेले आफूलाई कुटपिट र अभद्र व्यवहार गरेको भन्दै ६ जनाविरुध्द लिखित उजुरी दिएपछि उनीहरुलाई गौशाला प्रहरीले पक्राउ गरेको हो ।

हुन तः खुश्बुले ज्वाला र उनको समूहविरुद्ध प्रहरीमा ठाडो उजुरी हालेको धेरै भइसकेको थियो । तर, प्रहरीले छलफल गर्न बोलाउँदा ज्वाला र उनको टोलीले अनेक बहानामा टार्दै आएको बताइन्छ।

केही दिनअघि ज्वालाले महाराजगञ्जस्थित ट्राफिक प्रहरीका असई मणिशंकर झालाई विना लाइसेन्स मोटरसाइकल चलाउनेलाई पक्रँदा जातीय अपमान हुनेगरी उल्टै झाको जागिर खोसिदिने भन्दै धम्काएकी थिइन् । आज उनै ट्राफिक प्रहरीले आफूलाई धम्काएको भन्दै जातीय विभेदको आरोपमा ज्वालाविरुध्द अर्को उजुर हाल्न लागेका छन् ।

यसैबीच सँगै प्रहरी खोरमा परेका हिमाल उपाध्याय र ज्वालाको सम्बन्धको बारेमा पनि यथार्थ पत्ता लगाउन प्रहरी तल्लिन रहेको बुझिएको छ । प्रहरीले उनीहरुविरुध्द भोलि जिल्ला अदालतबाट म्याद थप्ने तयारी गरेको छ ।

टिप्पणीहरू