‘स्मार्ट लकडाउन’ बारे सिडिओ नै रनभुल्ल

‘स्मार्ट लकडाउन’ बारे सिडिओ नै रनभुल्ल

राजधानी काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो बनाउन ल्याउन लागिएको स्मार्ट लकडाउनको स्वरुपवारे सरोकारवालाहरु नै अलमलमा देखिन्छन् ।

उपत्यकामा पर्सिबाट निषेधाज्ञा पुनः लम्ब्याउने तयारी छ । यसबीच स्मार्ट लकडाउन गरिने भनिएको छ,तर स्मार्ट लकडाउनबारे प्रमुख जिल्ला अधिकारीहरुनै बेखबर रहेको बताइएको छ । सोही सन्दर्भमा जनआस्थाले ललितपुर र काठमाण्डौँका प्रमुख जिल्ला अधिकारीहरुसँग स्मार्ट लकडाउन भनेको के हो भनेर सोधेको थियो । तर,उहाँहरुले त्यसबारे आफूहरुलाई पनि थाहा नभएको बताउनुभएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भन्नुभयो ‘स्मार्ट लकडाउनबारे थाहा छैन तर भोलिबाट पुनः निषेधाज्ञा लम्ब्याउने तयारीमा भने जुटेका छौँ ।’ उहाँका अनुसार सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी साधन चल्न पाउने,व्यापारिक संस्थाहरु बार तोकेर खोल्ने गरी एक सातादेखि १० दिनसम्मको निषेधाज्ञा जारी हुनसक्ने सम्भावना बढेको छ ।

त्यस्तै,काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ‘स्मार्ट लकडाउन’ बारे सोझै नभने पनि संक्रमणदर थप नबढोस् र जनजीवन पनि प्रभावित नहोस् भन्ने हिसाबले निषेधाज्ञा जारी गरिने बताउनुभएको छ । उहाँका अनुसार आज वा भोलिसम्ममा उपत्यकाका तीनवटै जिल्लाका प्रजिअहरुको बैठक बसेर निषेधाज्ञाबारे निर्णय गरिनेछ ।

टिप्पणीहरू