खाल्डोमा डुबेर भक्तपुरमा बालकको मृत्यु

खाल्डोमा डुबेर भक्तपुरमा बालकको मृत्यु

भक्तपुरमा खाडलमा डुबेर एकजना बालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ९, ताथलीका राजु मछेका १० वर्षीय छोरा रोजन मछेको मृत्यु भएको हो ।

शुक्रबार बिहानबाट हराएका रोजनको खोजतलास गर्ने क्रममा शनिबार बिहान घर नजिकैको सेतो बीएम ईंट्टाभट्टाको कम्पाउण्डमा रहेको खाल्डोमा उनको लाश फेला परेको हो । प्रहरीले बाँसलाई पोखरीभित्र छिराई पानी हल्लाएपछि उनको लाश तैरिएको थियो ।

शवलाई पोष्ट्मार्टमको निम्ति केमसी अस्पताल, दुवाकोट पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू