अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै

अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै

मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएको भन्दै नक्कली बोयर जातका बाख्रा बाँड्ने कम्पनीको ठेक्का चर्को विरोधपछि रद्द गरेको छ ।

जेठ ३१ गते बसेको ६९ अाैं नगरकार्यपालिका बैठकले बेलबारी नगरपालिका र ग्रोअर्गानिक कृषि प्रालि संखुवासभाबीच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते भएको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

लकडाउनको समयमा अष्ट्रेलियाबाट ल्याइएका सक्कली बोयर जातका बाख्रा भन्दै पश्चिम सुर्खेततिरबाट नक्कली हाईब्रिड जातका बाख्रा ल्याएर ग्रो अर्गानिक कृषि प्रालिले बेलबारीमा बाँडेको थियो ।

पोल खुलेपछि नगरपालिकाले ठेक्काबापत जम्मा गरेको कम्पनीको जमानत रकम पनि जफत गरेको छ । यसैगरी प्रालिलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।

टिप्पणीहरू