युएईबाट अर्डर, नेपालमा डेलिभरी

युएईबाट अर्डर, नेपालमा डेलिभरी

युएईबाट अर्डर गरेका सामान नेपालका मुख्य शहरमा डेलिभरी दिने व्यवस्था भएको छ । फेमकलले बर्थडे केक, गिफ्ट आइटमलगायत गार्मेन्ट र अन्य सामग्रीहरु सुपथ मुल्यमा नेपालका प्रमुख शहरका घर घरमा पु¥याउने बताइएको छ ।

न्यूनतम ३० दिरामदेखिका स्वादिष्ट केकहरु घर घरमा पुर्याउने दाबी फेमकलले गरेको छ । व्यापार विस्तारको क्रममा दुबईको बर दुबईमा मुख्य कार्यालय स्थानान्तरण गर्ने र फेमकलको शाखा अन्य गल्फ देशहरुमा फैलाउने लक्ष्य लिइएको छ ।

के–के पाइन्छ फेमकलमा ?

नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले व्यापार शुरु गरेको युवा व्यवसायी कल्पनाले बताएकी छन् ।
कोरोनाको कारण फस्टाउन थालेको अनलाइन व्यवसायलाई सदुपयोग गर्न कल्पनाले राकमा फामकल स्टोर्स एलएलसी सञ्चालनमा ल्याएकी हुन् ।

युएईमा कार्यरत विश्वका विभिन्न देशका नागरिकलाई नेपाली उत्पादनबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफूले उक्त व्यवसाय शुरु गरेको अर्का व्यवसायी कल्पना गौंडले जानकारी दिएकी छन् ।

नेपाली टि–शर्ट, नेपाली झन्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री, आकर्षक गहनालगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने व्यवसायी गौंडले जानकारी दिएकी छन् ।

नेपाल वा युएईमै रहेका नेपालीले कुनै पनि मौलिक हस्तकलाका सामग्री तयार पारेको खण्डमा उक्त सामाग्रीको बजारीकरण गर्न सघाउने व्यवसायी गौंडले बताएकी छन् ।

अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको उक्त अनलाइन व्यावसायको औपचारिक उदघाटन गत २० अक्टोबरमा गरिएको थियो ।

-रामप्रसाद ढुंगेल,युएई

टिप्पणीहरू