रेम्डेसिभिरको सुइ लगाएर ढुक्क बन्न नसकिने,‘मल्टिपल अर्गान फेलियर’ को खतरा

रेम्डेसिभिरको सुइ लगाएर ढुक्क बन्न नसकिने,‘मल्टिपल अर्गान फेलियर’ को खतरा

अघिल्लो वर्षको पहिलो लहर र यो वर्षको दोस्रो लहरमा कोरोनाबाट सिकिस्त हुनेहरुलाई प्रयोग गरिएको महँगो मूल्यको रेम्डेसिभिरमा साइड इफेक्ट देखिएको छ । यो औषधि भारत नेपाल,बंगलादेशमा धेरै प्रयोग गरियो । कतिपय कोमामा पुगेका बिरामी पनि निको भएर घर फर्के ।

तर,अहिले तीमध्ये धेरैमा रेम्डेसिभिरको गम्भीर ‘साइड इफेक्ट’ देखिन थालेको बताइन्छ । पोष्ट कोभिड रोग लागेको भनिएका त्यस्ता बिरामीहरुको मल्टिपल अर्गान फेलियर अर्थात धेरै वटा अंगले एकैपटक काम गर्न छाड्ने अवस्था देखिएको हो ।

निकै महँगो उक्त इन्जेक्सनले त्यतिबेला कोरोना पोजिटिभबाट नेगेटिभ हुन जति सजिलो बनायो, त्योभन्दा बढी अहिले धेरै जनाको ज्यानै जान थालेको खबर बाहिरिएका छन् । कतिपयले कालोबजारीमा निकै महँगोमा उक्त इन्जेक्सन किनेका थिए ।

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख (सहसचिव) धनीराम शर्माका एक जना नातेदार त्यस्तै अवस्थाबाट बितेको बताइन्छ । ३२ वर्षको युवा उमेरका उनको बुटवलबाट उपचारार्थ ल्याइएकोमा केही दिनअघि काठमाडौंमा निधन भएको हो ।

पहिले कोरोनाले गालेका उनलाई रेम्डेसिभिर इन्जेक्सन लगाइएको थियो । त्यतिबेला कोरोना निको भए पनि पछि पोष्ट कोभिडमा मल्टिपल अर्गान फेलियर भएर उनको निधन भएको आफन्तले बताए ।

चिकित्सकहरुले साइड इफेक्टको बारेमा थाहा पाएपछि अहिले नेपालमा पनि रेम्डेसिभिर प्रयोगलाई ब्याण्ड गरिएको छ । नेपालमा धेरैजसो रेम्डेसिभिर बंगलादेशबाट ल्याइएको थियो । भारतमा यसमाथि प्रतिबन्ध लगाइसकिएको छ । रेम्डेसिभिरलाई विश्वका धेरैजसो देशले प्रयोग गर्न छाडेका छन् ।

टिप्पणीहरू