एमालेको “भोलि बोलाइएको बैठक”बारे माधव नेपाल बेखवर

एमालेको “भोलि बोलाइएको बैठक”बारे माधव नेपाल बेखवर

एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि स्थायी समितिको बैठक बोलाउनुभएको र पार्टीको अर्को पक्षले सहभागिता जनाउने भनिएको समाचारवारे वरिष्ठ नेता माधवकुमार नेपालले अनभिज्ञता जनाउनुभएको छ ।

बैठकबारे नेपालले भन्नुभयो, ‘जबसम्म सिङ्गो प्याकेजमा सहमति हुँदैन तबसम्म कसैले बोलाएको कुनै बैठकमा जाने प्रश्नै उठ्दैन । यसबारे कसैलाई पनि भ्रममा पर्न आवश्यक छैन ।’

उहाँले आफूहरुले पार्टी एकतालाई मजबुत बताउन अगाडि सारेको ६ बुँदामाथि जबसम्म सिंगो ढंगले सहमति हुँदैन तबसम्म कसैले बोलाएको कुनै पनि बैठकमा स्पेश पाएँ भनेर कुद्दै जाने प्रश्नै नरहेको बताउनुभयो ।

नेता नेपालले जनआस्थासँगको संक्षिप्त कुराकानीमा भन्नुभयो ‘आफूलाई दोस्रो अध्यक्षको प्रस्ताव पठाएको भन्ने खबर हावादारी हो । कसैले केही पठाउला अनि म लिउँला भनेर बसेको छैन ।’

भोलि बोलाइएको भनिएको स्थायी समितिको बैठकमा सहभागी हुन सोमबार बिहान अध्यक्ष ओलीले आफूलाई फोन गरेको भन्ने खबर हल्ला मात्र भएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘उताको कुरो उतै थाहा होला, हामीलाई हाम्रो कुरा मात्रै थाहा छ,’ नेता नेपालले स्पष्ट पार्नुभयो ।

टिप्पणीहरू