रुपन्देहीमा सडक भासियो,पूर्व- पश्चिम राजमार्ग अवरुद्ध

रुपन्देहीमा सडक भासियो,पूर्व- पश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देही खण्डमा सडक भासिँदा यातायात अवरुद्ध भएको छ ।

बुटवल–देवदह सडक खण्डमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बरबहादुर बिकले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मध्यान्ह साढे १२ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक भासिएपछि गन्तव्यमा हिंडेका सवारी साधन दुवैतर्फ अलपत्र परेका छन् ।

राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोरदोहोर गर्न डाइभर्सन बनाइएको थियो ।

टिप्पणीहरू