जो प्रधानमन्त्रीका प्यारा छन् प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा दक्षिणसङ्ग निकट पात्रहरु किन बढी परिरहेका होलान् ?

जो प्रधानमन्त्रीका प्यारा छन् प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा दक्षिणसङ्ग निकट पात्रहरु किन बढी परिरहेका होलान् ?

हालै बिस्तारित क्याबिनेटमा दक्षिणका नजिक मानिएका राजेन्द्र महतो,चन्दा चौधरी,फ्रि तिब्बत मुभमेन्टमा जोडिएका एकवाल मियाँसम्मले प्रवेश पाए । अघिल्लो पटक मोतीलाल दुगड उद्योग राज्यमन्त्री भए । त्यो समय भारतीय अखबारले खबर छाप्यो,राजस्थानका नागरिक नेपाल सरकारका मन्त्री बनेकोमा हार्दिक बधाई ।

विदेशी नागरिक नेपाल सरकारको मन्त्री अनि व्यापारीलाई उद्योग,वाणिज्यको जिम्मा जुन प्राकृतिक न्यायको सिध्दान्तअनुसार नमिल्ने विषय हो ।
उनी मन्त्री बनेसँगै आफ्नो स्वार्थ अनुकुल काम गर्ने कर्मचारीलाई निर्देशन दिने गर्दथे ।

सद्भावना पार्टीबाट राजनीतिमा लागेका दुगड सांसद बने । श्यामसुन्दर गुप्तासँग विवाद भएपछि सद्भावना फुटाएर नवनेपाल पार्टी बनाए । चुनावमा जनमतसमेत बचाउन सकेनन् । तिनै दुगड अहिले असली कमरेड बनेका छन् । बालुवाटारमा बसेर हुने नहुने सबै थरी काम गरिरहेका छन् । उनै दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले युवराज खतिवडाको स्थानमा उकालेर आफ्ना आर्थिक सल्लाहकार बनाएपछि फूर्ति हेरिसाध्ये छैन ।
एमालेलाई पार्टी मुख्यालय मिलाइदिएवापत २ अर्बको नुनको कारोबारमा नजर लगाइरहेका छन् । गत १५ जेठमा सार्वजनिक बजेटमा नुन आयात निजी क्षेत्रका लागि पनि खुला गर्ने व्यहोरा परेको छ ।

२११ नम्बर बुँदामा भनिएको छ,‘आयोडिनयुक्त नुन आपूर्ति सर्वसुलभ,गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरणलाई प्रतिस्पर्धी बनाइनेछ ।”

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीहरुको अनुसार,यो विभागीय आपूर्ति मन्त्रालयबाट गएको प्रस्ताव हैन,उद्योगको सहमतिविपरित अर्थ मन्त्रालयले बजेटमा यो बुँदा घुसाइदिएको हो ।

आपूर्ति मन्त्रालय उच्च स्रोतका अनुसार,अहिले बार्षिक दुई अर्ब रुपैयाँभन्दा बढि नुनको कारोबार साल्ट ट्रेडिङ्गले गर्दै आएको छ । बजेटमा यो शब्द घुसाएर नुनमा निजी क्षेत्रलाई प्रवेश दिन खोज्नुको सिधा अर्थचाहिँ मोतीलाल दुगडलाई पोस्नु हो भन्ने धेरैले अनुमान गरेका छन् । दुगडको दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट प्रालिले अनुमति नै नलिई सेन्चुरी नुन बेच्दै आएको छ ।

उसको कदम गैरकानुनी भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जनहरुले ध्यानाकर्षण गराए पनि प्रधानमन्त्रीको कानमा यो कुरा पसेको छैन । दुगडले यसअघि राज्यमन्त्री छँदै आफ्नो नुन कारोबारलाई बैधता दिने प्रयास गरेका थिए तर त्यो बेला सफल नभए पनि अहिले उनी आफ्नो उद्देश्यमा सफल भएका छन् ।

टिप्पणीहरू