पूर्वप्रधानमन्त्री खनाल फेरि अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री खनाल फेरि अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या आएपछि आज बिहान अस्पताल भर्ना हुनुभएको छ । खनाललाई असहज भएपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

उहाँ अघिल्लो महिनामात्र कोरोना संक्रमण भएपछि त्यहि अस्पतालमा भर्ना हुनुभएको थियो । दुई साताको अस्पताल बसाईपछि उहाँ बैशाख अन्तिम साता डिस्चार्ज हुनुभएको थियो ।

त्यसअघि उहाँ माघ अन्तिम साता पुरानो रोगको उपचारको निम्ति भारतको नयाँ दिल्ली जानुभएको थियो । उहाँमा मुण्टो हल्लिने र किड्नीको समस्या देखिएको छ । जनआस्था परिवार शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

टिप्पणीहरू