कोरोनाबाट आज ४६ को निधन, २४ सयबढीमा पुष्टि, झण्डै ४ हजार निको

कोरोनाबाट आज ४६ को निधन, २४ सयबढीमा पुष्टि, झण्डै ४ हजार निको

कोरोनाबाट आज ४६ जनाको ज्यान गएको छ । त्यसैगरी आज २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ५ सय १७ पीसीआर तथा ४ हजार ८ सय ८९ एन्टिजेन गरी १२ हजार ४ सय ६ जनामा परीक्षण गरिएको थियो ।

आज ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । यो संख्या संक्रमितको तुलनामा १ हजार ५ सय ८७ ले बढी हो ।

आज मुलुकभर ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी ५ सय ४८ जना क्वारेन्टिनमा रहेका छन् ।

टिप्पणीहरू