गण्डकीमा नयाँ मुख्यमन्त्री, भत्कन पाएन संविधान

गण्डकीमा नयाँ मुख्यमन्त्री, भत्कन पाएन संविधान

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभामा बहुमत दाबी गरेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको पत्र भर्खरै प्राप्त भएकाे स्राेतले बताएकाे छ ।

यसअघि पौडेलले संविधानसम्मत तवरले विपक्षी गठबन्धनको बहुमतबमोजिम नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि नबढाएपछि गण्डकी प्रदेशका ३१ जना सांसदले उहाँको निवास बाहिर धर्ना दिएका थिए ।स्रोतका अनुसार मुख्यमन्त्रीसहित तीन जनालाई आजै मन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने तयारी छ । मन्त्रीमा माओवादीका एक जना, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक मनाङेलाई मन्त्री नियुक्त गरिने भएको छ ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज ३२ जना सांसदको समर्थन रहेको दाबी पेश गरेपछि प्रदेश प्रमुख पौडेलले प्रतिनिधिसभा विघटनको सिको गर्दै विपक्षी गठबन्धनको बहुमतलाई पन्छाउने र गुरुङले प्रदेशसभा विघटन गर्ने आशंकामा उनीहरुले धर्ना दिएका हुन् ।

हिजो विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र एक जना सांसद गरी ३१ जनाको बहुमत पुर्याउनु भएको थियो ।

टिप्पणीहरू