महान्यायाधिवक्ताको नयाँ दिल्लीबाट स्वदेश आगमन

महान्यायाधिवक्ताको नयाँ दिल्लीबाट स्वदेश आगमन

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल स्वदेश फर्किएका छन् । युएनओडिसीको कार्यक्रममा भाग लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका उनी आज अपरान्ह काठमाडौँ आइपुगेका हुन् । 

भिस्तारा एयरलाइन्सको युके–१५५ उडानबाट अपरान्ह ४ बजे महान्यायाधिवक्ता पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको बताइएको छ ।

युएनओडिसीको दक्षिण एसिया क्षेत्रीय उच्चस्तरीय कार्यक्रममा सहभागी हुन उनी सोमबार त्यता गएका थिए ।

टिप्पणीहरू