प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठानमा सरकारी कार्यालयको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज दिउँसो दिउँसो ध.१ झ ५ नम्बरको कार दुर्घटना हुँदा २५ वर्षे चालक प्रकाश आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयको उक्त गाडी जिल्लाको मल्लरानी डाँडाबाट करिब ३ सय तल खसेको छ । मल्लरानी गाउँपालिकाबाट सदरमुकाम खलाङ्गातर्फ जाँदै गरेको गाडीमा चालक एक्लै भएकोले थप मानवीय क्षति नभएको बताइन्छ ।

मृतक आचार्य दाङ्ग, तुलसीपुर निवासी हुन् । उनको शव पोष्टमार्टमका लागि बिजुवार अस्पतालतर्फ लगिएको छ ।

टिप्पणीहरू