मन्त्री नपाएका महेश बस्नेतको गुनासो-साथीहरूलाई धेरै धन्यवाद

मन्त्री नपाएका महेश बस्नेतको गुनासो-साथीहरूलाई धेरै धन्यवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको मन्त्रिपरिषद पुनर्गठनमा सर्वाधिक चर्चामा रहेको गृहमन्त्रालयको जिम्मा ओलीनिकट एमाले कास्कीका नेता खगराज अधिकारीले पाए । अर्का विश्वासपात्र महेश बस्नेतसमेत गृहमन्त्री बन्ने दौडमा रहेकाले उनैले पाउने धेरैको अनुमान थियो ।

तर,आजको मन्त्रिपरिषद बिस्तारमा बस्नेतको नाम देखिएन । बस्नेतलाई पछि पार्दै अधिकारी गृहमन्त्री बन्नुमा ओली समूहभित्रको चर्को अन्तविरोधलाई कारण मानिएको छ । प्रधानमन्त्री ओलीको पहिलो रोजाइमा हुँदाहुँदै पनि बस्नेतलाई गृहमन्त्रालयको ढोका नखुल्नुमा बालुवाटारका सल्लाहकारको भूमिका रहेको बताइन्छ । बस्नेत स्वयमले पनि त्यस्तै संकेत गरेका छन् ।

“सहयोध्दा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो,मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।”

मन्त्रिपरिषद बिस्तारको केही घण्टापछि सामाजिक सञ्जालमा लेख्दै बस्नेतले पार्टीभित्रको अन्तरद्वन्द्वका कारण आफू गृहमन्त्री बन्न नसकेको घुमाउरो ढंगले संकेत गर्दै बस्नेतले लेखेका छन्, ‘पटक पटकको पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ । सहयोध्दा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो,मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । बिरोधी साथीहरुलाई म झन धेरै धन्यवाद दिन चाहन्छु । जसको कारण म हरेक पल सचेत भएर कदम चाल्दछु । त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि !’

“आफ्नै सहयोध्दा कमरेडहरुका कारण मन्त्री नबनेको गुनासो गरेका बस्नेतले पदप्राप्ती आफ्ना लागि ठूलो बिषय कहिल्यै नबनेको पनि बताएका छन् ।”

आफ्नै सहयोध्दा कमरेडहरुका कारण मन्त्री नबनेको गुनासो गरेका बस्नेतले पदप्राप्ती आफ्ना लागि ठूलो बिषय कहिल्यै नबनेको पनि बताएका छन् । आफू पार्टी नीति,नेतृत्व र निर्देशन सदैव पालना गरेर अगाडि बढेको भन्दै उनले पार्टीभित्र र बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने क्षमता आफूसंग भएको भन्दै आफ्नै प्रशंसा गरेका छन् ।

त्यहि क्षमताका कारण आफूले देशभरका कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको उनको दावी छ । पटक-पटक अग्नि परीक्षामा होमिन तयार रहेको बताएका बस्नेतले आफूले विकास गर्न खोजेको नयाँ अभ्यास र संस्कार समयक्रममा पुष्टि हुने पनि बताएका छन् ।

मन्त्री नबनेकै कारण आफूले ओली गुट चेन्ज नगर्ने पनि उनले प्रष्ट पारेका छन् । ‘कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोशमा छु । गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । त्यस्तो भ्रममा कोही नपरौँ,म जहाँ छु त्यहीँ रहनेछु र म जे छु त्यहीँ छु,पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोश,जाँगर र उर्जाका साथ लाग्नेछु ।’

टिप्पणीहरू