नेपाल–खनाल पक्ष पार्टी एकताको निम्ति घातक-उपप्रधानमन्त्री बिष्णु पौडेल

नेपाल–खनाल पक्ष पार्टी एकताको निम्ति घातक-उपप्रधानमन्त्री बिष्णु पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले झलनाथ खनाल तथा माधवकुमार नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको बताउनुभएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गर्नुभएको आव्हानलाई अस्वीकार गर्नुले उक्त समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताउँदै आमकार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा उक्त पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु,पार्टी एकताको लागि घातक भएको दावी गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘घातक खेलमा लागेकाहरु अलग हुनसक्छन् तर पार्टी विभाजन हुँदैन ।’ उहाँले संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोशिस गर्ने पनि बताउनुभएको छ । पार्टीका नेता,कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने तर्क गर्दै उहाँले भन्नुभयो ‘विभाजनको गलत कामलाई पूर्णरुपमा असफल बनाइनेछ ।’

टिप्पणीहरू