आज ८१ को निधन, ४३ सय बढीमा संक्रमण हुँदा भण्डै ५८ सय निको

आज ८१ को निधन, ४३ सय बढीमा संक्रमण हुँदा भण्डै ५८ सय निको

कोरोनाबाट आज ८१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

आज ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् । जुन संक्रमितभन्दा १ हजार ४ सय २४ जनाले बढी हो ।

पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर तथा ४ हजार ५ सय ६८ जनामा एन्टिजेन गरी १६ हजार ६ सय ४२ जनामा परीक्षण गरिएको थियो ।

हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ । मुलुकभर ८० हजार ३ सय ३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू