रुपन्देहीमा धारिलो हतियार प्रहार गरेर हत्या

रुपन्देहीमा धारिलो हतियार प्रहार गरेर हत्या

धारिलो हतियार प्रयोग गरि रुपन्देहीमा एक जनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको शनिवार राति हत्या भएको हो ।

तीन सन्तानका बाबुसमेत रहेका यादवलाई हत्याराले गाउँबाट एक किलोमिटर पश्चिममा रहेको नालि नजिकै घाँटीमा धारिलो हतियारले रेटेको प्रारम्भिक अनुसन्धानबाट देखिएको लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी दिनुभएको छ ।

मृतकको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टमपछि थप अनुसन्धान भइरहेको प्रनि महतले बताउनुभएको छ ।

टिप्पणीहरू