मन्त्री खाली सात,सिफारिस खातै खात

मन्त्री खाली सात,सिफारिस खातै खात

प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारीमा अझै सात वटा मन्त्रालय छ । १७ सदस्यीय मन्त्रीमण्डलमा २० जना साँसदको समर्थनसहित जसपाबाट ५०% अर्थात १० जनाको एउटा समूह छ ।

प्रधानमन्त्रीसँग रक्षा,गृह,सञ्चार, सामान्य प्रशासन,उध्योग,पर्यटन,कृषिलगायत महत्वपूर्ण मन्त्रालय रहेकाले एमालेभित्र नयाँ मन्त्रीको लागि आश गर्ने र प्रचार गर्ने क्रम बढेको छ ।

एकथरिले अबको गृहमन्त्रीमा खगराज अधिकारी भन्न थालेका छन् भने पर्यटनमा सुजिता शाक्यको नाम लिइएको छ । शाक्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकी श्रीमती हुन् । नर्सिङ्ग पृष्ठभूमिकी उनीसँग पन्चायतकालदेखि नै आन्दोलनमा होमिएको संघर्षको इतिहास छ । अधिकारीलाई पोखरा जान लाग्दा अस्तिदेखि रोकिएको स्थिति छ ।

त्यसैगरी विशाल भट्टराई वा राजेन्द्र गौतम सञ्चार,महेश बस्नेतलाई संघीय मामिला तथा सामान्य प्रशासन,विमला पौडेललाई कृषि भन्नेहरु पनि धेरै जना भेटिएका छन् । सञ्चारमा फर्कन गोकुल बास्कोटाको समेत रुचि देखिएको छ ।

पूर्वमाओवादी रामबहादुर थापा बादल,लेखराज भट्ट र टोपबहादुर रायमाझीको सल्लाहमा दुई जना मन्त्री राख्ने भनिएको छ । कर्णाली र सुदूर पश्चिम खाली नै छ ।

बादल खेमालाई उद्योग मन्त्रालय र एउटा राज्यमन्त्री भनिएको स्रोतको दाबी छ । तर,बादलको कोटाबाट प्रधानमन्त्रीकी साली भनिएकी मन्जली शाक्यको पनि मन्त्री हुने चर्चा व्यापक छ भनिन्छ । विशाल भट्टराईले भने केही कुरामा चित्त नबुझ्दा बिराटनगरतिर लागेको बताइन्छ ।

टिप्पणीहरू