अपरिचित समूह गाँजा फालेर टाप

अपरिचित समूह गाँजा फालेर टाप

मोरङमा नम्बर नखुलेको मोटरसाइकल चढेर आएकाहरुले प्रहरीको टोली देखेपछि गाँजा फालेर कुलेलम ठोकेका छन् ।

विराटनगर महानगरपालिका–१८, लावाघाटबाट झण्डै १४ किलोग्राम गाँजा बिहीबार राति मोटरसाइकलमा आएको अपरिचित समूहले फालेर भागेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देखपछि नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएको प्रहरीले बताएको छ । प्रहरीले बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।

टिप्पणीहरू