नागरिकता अध्यादेशवारे आजै सर्वोच्चको आदेश

नागरिकता अध्यादेशवारे आजै सर्वोच्चको आदेश

मधेसी दललाई फुटाउन सरकारले हालै जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध आज सर्वाेच्चको संवैधानिक इजलाशमा सुनुवाई हुन लागेको छ ।

अध्यादेशबिरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित अधिवक्ताहरु विष्णुकुमारी गिरी,रामबहादुर शाही,कुलबहादुर बोगटी,बीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलसमेतको ६ वटा रिट दायर भएको थियो । सो रिटउपर सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले आज संवैधानिक इजलाश गर्नुभएको छ ।विगतका तीतोबाट पाठ सिकेर यस पटक आफूसहित वरिष्ठ न्यायाधीशहरुलाई रोलक्रम अनुसार इजलाशमा समेटिएको छ । नागरिकता अध्यादेशविरुद्ध रिट सुनुवाई गर्ने रोलक्रमअनुसार राणासहित दीपकुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई समेटिनुभएको छ ।

अदालत श्रोतका अनुसार,बरियताक्रममा हरिकृष्ण कार्कीपछि रहनुभएका विश्वम्भरप्रसाद श्रेष्ठ कन्ट्याक्ट ट्रेसिङमा परी होम आइसोलेसनमा रहेका कारण उहाँका ठाउँमा रोलक्रमअनुसार उहाँपछि रहनुभएका ईश्वरप्रसाद खतिवडालाई समेटिएको हो ।

यता आजै सर्वाेच्चमा फुल कोर्ट बस्दै छ । संवैधानिक इजलाशसम्बन्धी नियमावली ०७२ संशोधन गर्न सबै न्यायाधीश बस्ने कार्यक्रम तय भएको हो ।

टिप्पणीहरू