अमेरिकामा शनिबारदेखि नेपाली भाषा परिक्षा

अमेरिकामा शनिबारदेखि नेपाली भाषा परिक्षा

अमेरिकाको हेरिस्बर्गमा अवस्थित हिन्दूधर्म तथा साँस्कृतिक संगठनद्वारा सञ्चालित नेपाली शिक्षा कार्यक्रमको २०२०–२०२१ शैक्षिक सत्रको परीक्षा मिति तोकिएको छ ।

तालिकाअनुसार कक्षा १ देखि ७ सम्मको परीक्षा आगामी शनिबारदेखि शुरु हुनेछ । संस्थाका अध्यक्ष डा. तुलराम न्यौपानेका अनुसार अमेरिकाको पेन्सिलभेनिया राज्यको हेरिस्बर्गमा सन् २०१५ देखि नेपाली शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । हरेक वर्ष एउटा कक्षा थपिने क्रममा यो वर्ष कक्षा आठ थपिन लागेको बताइएको छ ।

संस्थामा वर्षेनी करिब तीन सय बालबालिका नेपाली भाषा अध्ययनबाट लाभान्वित हुँदै आएका छन् । संस्थाको भवनमा योगा कक्षा,प्रज्ञा कक्षा,गीता कक्षा, कर्मकाण्डीय कक्षा,वेद कक्षा र प्रौढ अँग्रेजी कक्षा पनि सञ्चालन हुने गरेको छ ।

टिप्पणीहरू