लुम्बिनीमा अन्तरघात भएको एमालेको ठहर

लुम्बिनीमा अन्तरघात भएको एमालेको ठहर

सत्तारुढ एमालेको आज बालुवाटारमा बसेको स्थायी समिति बैठकले हिजो राष्ट्रिय सभाको निम्ति लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त सांसद पदमा भएको उपनिर्वाचनमा अन्तरघात भएको ठहर गरेको छ ।

पार्टी प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले लुम्बिनीको अन्तरघातबारे थप समीक्षा, अध्ययनपछि आवश्यक निर्णय लिइने बताउनुभएको छ । यसअघि बागमतीमा पनि त्यसैगरी अन्तरघात भएको बताइएको थियो ।

एक अर्को जिज्ञासामा प्रवक्ता ज्ञवालीले आजको बैठकमा वरिष्ठ नेता माधव नेपालपक्षका यसअघि स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गर्नेबारे एजेण्डा नै नरहेको जानकारी दिनुभएको छ ।

उहाँको भनाई थियो ‘एकता जोगाउन बनेको कार्यदलमा रहेका केही नेता कारबाहीमा परेकाले कार्यदल अस्तित्वमा छैन । तर पनि पार्टी एकता जोगाउन नेताहरुबीच सम्वाद भइरहेको छ ।’

टिप्पणीहरू