कोरोनाबारे जथाभावी नबोल्न प्रधानमन्त्रीलाई समेत स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोनाबारे जथाभावी नबोल्न प्रधानमन्त्रीलाई समेत स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको सम्बन्धमा अपुष्ट भाषण नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरी सार्वजनिक अभिव्यक्ति दिँदा संयमता अपनाउन प्रधानमन्त्रीलाई समेत सचेत गराएको हो ।
उहाँले बेलाबखत हाछ्युँ,खाकखुक गरे बेसार पानी,अम्बाको पात खाए कोरोना ठीक भैहाल्ने बताउँदै आउनुभएको छ ।

मन्त्रालयको हिजो बसेको बैठकले आमसञ्चार माध्यममा बोल्दा वा टिप्पणी गर्दा जनस्वास्थ्यसम्बन्धी अनाधिकृत सूचना तथा जानकारी नदिन आग्रह गरेको छ । मन्त्रालयले त्यस्ता सूचना र जानकारीले आमजनतामा द्विविधा तथा भ्रम उत्पन्न हुने बताउँदै उक्त कार्य नगर्न अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा जारी पत्रमा महामारीलगायत समग्र जनस्वास्थ्यको पक्षमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकायबाहेकले आधिकारिक पुष्टि नगर्न अनुरोध गरिएको छ । जारी पत्रमा अनाधिकृत रुपमा सूचना प्रकाशन प्रसारण नगर्नसमेत भनिएको छ ।

टिप्पणीहरू