बजेटमा पनि घुस्यो एमसीसी

बजेटमा पनि घुस्यो एमसीसी

सरकारले शनिवार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पनि विगतमाझैँ विवादास्पद अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट पैसा आउने किटानी गरिएको छ ।

लामो समयदेखि सो विषयमा चर्को बहस र विवाद हुँदै आएको छ । तर,गत वर्ष अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा झैँ यो वर्ष पनि प्राप्त हुने वैदेशिक अनुदान शीर्षकअन्तर्गत मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकाको कूल सहयोग रकममध्ये ८ अर्ब ९ करोड २२ लाख रुपैयाँ उल्लेख छ ।तत्कालीन नेकपा र एमालेभित्र यही एमसीसी विवादले ठूलो रुप लिएको थियो । अरु विवाद बढ्दै गएको सन्दर्भमा गत वर्ष एमसीसी नेकपाभित्र सबैभन्दा पेचिलो बनेको थियो । खतिवडाले बजेटमा उक्त रकम प्राप्त हुने अनुदानमा उल्लेख गरेपछि आगोमा घिउ थपेको थियो ।

अहिले उनै खतिवडा एमसीसीको मुख्यालय रहेको वासिङगटन डिसीमा पुगेका छन् । उनले राजदूतको सीमा नाघेर गत सोमबार एमसीसीबारे सरकारी सञ्चारमाध्यमलाई अन्तर्वार्तासमेत दिएका छन् ।

टिप्पणीहरू