अर्थमन्त्रीको दावी : ‘बजेट कार्यान्वयन हुन्छ,संवैधानिक दायरा नाघिएको छैन’

अर्थमन्त्रीको दावी : ‘बजेट कार्यान्वयन हुन्छ,संवैधानिक दायरा नाघिएको छैन’

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्यन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अहिले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बजेट कार्यान्वयनको पूर्ण योजना,राजनीतिक प्रतिबद्धता र अठोटका साथ आएकाले कार्यान्वयन हुने बताउनुभएको हो ।

उहाँले यसपटकको बजेट कोभिड महामारीको नियन्त्रण,रोकथाम र उपचारमा केन्द्रित भएकाले कार्यान्वयनमा निश्चिन्त हुन सबैलाई आग्रह गर्नुभएको छ । त्यसैगरी अर्थतन्त्रलाई पूर्ववत् रुपमा फर्काउन बजेट केन्द्रित गरिएको उहाँको दाबी छ ।

सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो ‘घोषित बजेट सरकारले कार्यान्वयन गर्नेमा कसैले शंका गर्नुपर्दैन ।’ खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको मन्त्रीले स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो ‘सरकारले मतदाता प्रभावित पार्न नभई आफ्नो अभिभारा पूरा गर्न बजेट ल्याएको हो । संवैधानिक प्रक्रियालाई कुल्चिएको छैन । साथै प्राप्त जनादेश खण्डितसमेत भएको छैन ।’

वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ सरकारले आंशिक बजेट ल्याउनुपर्ने टिप्पणीको बचाउमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

टिप्पणीहरू