यताका पूर्वसेनापति मन्त्री नहुने, उताका पूर्व सेनापति तत्काल नआउने

यताका पूर्वसेनापति मन्त्री नहुने, उताका पूर्व सेनापति तत्काल नआउने

नेपालका पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल गृहमन्त्री बन्न लागेको खबर पूर्णतः गलत पुष्टि भएको छ । कटवाललाई उद्धृत गर्दै निकटस्थ स्रोतले ‘चिफ सा”बमाथि शत्रु लागेर त्यस्तो अफवाह फैलाएको’ बतायो ।

यता पूर्वसेनापति गृहमन्त्री बन्न लागेको खबर बाहिरिएपछि सेनाको उच्च निकायले समेत विशेष चासो राखेको थियो । राज्यको मर्यादाक्रममा गृहमन्त्री ठूलो भएपनि सेनापतिको मर्यादा भूतपूर्व हुँदासमेत उत्तिकै हुने भएकाले कटवाल गृहमन्त्री बन्न लागेको खबरप्रति उसले विशेष चासो राखेको थियो ।

भारतीय पूर्वसेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमण तत्काल नहुने भएको छ । नेपाल र भारत दुबैतिर कोरोना महामारीको दोस्रो लहरको बिगबिगी भएको सन्दर्भमा भ्रमण तत्काल नहुने भएको बताइन्छ ।

यसअघि रावतले विशेषगरी मुक्तिनाथको दर्शन गर्नेगरी नेपाल भ्रमणको चाहना राखेका थिए । नेपाल सरकारले आवश्यक तयारीको निम्ति सेनालाई स्वीकृति समेत दिइसकेको छ ।

टिप्पणीहरू