नाम रेशमको,काम सीकेको

नाम रेशमको,काम सीकेको

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लम्ब्याउने रणनीतिका साथ जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो समूहसँग गर्नुभएको धेरैवटा सहमतिमध्ये कैलालीको टीकापुरमा भएको आमनरसंहारमा मुछिएर जेल सजाय पाएका सांसद रेशम चौधरीलाई छुटाउने पनि एक हो ।

तर गत बर्ष अदालतबाट छुटेका सीके राउतको टोलीको मुद्दा समेत फिर्ता लिने तयारी तीब्र रुपमा अघि बढेको बताइएको छ । त्यतिबेला राउत टोलीको पूरै मुद्दा फिर्ता भएको थिएन ।

सर्वोच्च अदालतले अघिल्लो दिन छाडेपछि उनले भोलिपल्ट सरकारसँग सम्झौता गरेका थिए । तर उनीमाथि लागेका अरु धेरै वटा मुद्दा बाँकी रहेकाले अहिले त्यो सल्ट्याउन खोजिएको बताइन्छ ।

टिप्पणीहरू