बमकुमार श्रीमान बेञ्चमा बस्दा वकिलहरुबीच बाझाबाझ

बमकुमार श्रीमान बेञ्चमा बस्दा वकिलहरुबीच बाझाबाझ

नेकपाको एकता भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा संलग्न न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको विषयलाई लिएर आज चर्काचर्की परेको छ ।  अहिले प्रतिनिधिसभा विघटनको अवस्था आउनुमा नेकपाको विभाजन नै मुख्य कारण भएकाले न्यायाधीश श्रेष्ठको भूमिका निष्पक्ष नहुने दाबी गर्दै अधिवक्ता गोविन्द बन्दीले इजलासमै प्रश्न उठाएपछि तीनपक्षीय चर्काचर्की परेको हो ।

ऋषि कट्टेलको तीन बर्ष पुरानो मुध्दामा माग दावी नै नहुँदासमेत कुमार रेग्मीसङ्ग मिलेर उहाँले एक कदम अघि बढी फैसला सुनाउनुभएको थियो । त्यो फैसलाले नेपाल कम्युनिष्ट पार्टीलाई दुई टुक्रा बनायो भने कुमारका दाजु माधव लोकसेवाको अध्यक्ष नियुक्त हुनुभयो ।

“ऋषि कट्टेलको तीन बर्ष पुरानो मुध्दामा माग दावी नै नहुँदासमेत कुमार रेग्मीसङ्ग मिलेर उहाँले एक कदम अघि बढी फैसला सुनाउनुभएको थियो । त्यो फैसलाले नेपाल कम्युनिष्ट पार्टीलाई दुई टुक्रा बनायो भने कुमारका दाजु माधव लोकसेवाको अध्यक्ष नियुक्त हुनुभयो ।”

‘उहाँहरुकै फैसलाका कारण संसद विघटन भएको हो । यहि मुद्दामा बमकुमारलाई राखिएपछि निष्पक्षता रहँदैन, त्यसकारण उहाँ बेन्चमा रहन मिल्दैन’,आफ्नो बहसका क्रममा बन्दीको भनाइ थियो ।

बन्दीले इजलास गठनलाई लिएर प्रश्न उठाएपछि महान्यायाधिवक्ता रमेश बडालले जुरुक्क उठेर प्रतिवाद गर्नुभयो । मुद्दाको विपक्षी बनाइएका सभामुखलाई हिजो सल्लाह दिन गएकाले बन्दीले बहस गर्ने नपाउने भन्दै बडाल चर्किएपछि एकछिन बाझाबाझ भएको थियो ।

सल्लाह लिनका लागि प्रधानमन्त्रीले बोलाए पनि जाने भन्दै बन्दीले राष्ट्रको सभामुखले बोलाउँदा किन नजाने भन्दै प्रतिप्रश्न गरेपछि बडालले सभामुखलाई विपक्षी बनाएको मुध्दा सर्वोच्चमा विचाराधीन रहेकोले उहाँसङ्ग परामर्शमा जानु गलत हुने तर्क गर्नुभएको थियो ।

बन्दी र बडालको बाझाबाझ बढ्न थालेपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले हस्तक्षेप गर्नुपरेको थियो । राणाले न्यायाधीशको निष्पक्षतामाथि प्रश्न नउठाउन आग्रह गर्दै भन्नुभयो, ‘एउटा एउटा मुध्दाको पछि नलागौँ,कसै न कसैले विभिन्न फैसला गरेको हुन्छ । कसैलाई कहीं न्याय भएको होला,कसैलाई मर्का परेको हो, एउटा फैसलालाई देखाएर अर्को मुद्दा नगर्ने भन्ने हो भने त कोहि पनि नरहने अवस्था आउला नि !’

जवाफमा बन्दीले जुन फैसलाको कारणले मुद्दा अदालतमा पुगेको छ त्यसलाई फरक रुपमा बुझ्नुपर्ने बताउनुभएको थियो ।

इजलासमा चर्काचर्की पर्दा न्यायाधीश श्रेष्ठ भने चुपचाप बस्नुभयो । बन्दी बोल्दै गर्दा पछाडि बसेका बरिष्ठ अधिवक्ता शम्भु थापा, महादेव यादव,हरिहर दाहाल, टिकाराम भट्टराईलगायतले हात उठाएर समर्थन गर्दै यसवारे अहिले नै छिनोफानो हुनुपर्ने माग गर्नुभयो ।

चर्काचर्की बढ्दै जान थालेपछि प्रधानन्यायाधीश राणाले यसवारे अर्को सुनुवाईमा आइतबार हेर्ने भन्दै बहस टुंग्याउनुभएको थियो ।

इजलासको सवालजवाफबारे जिज्ञासा राख्दा अधिवक्ता बन्दीले आफूले जायज कुरा उठाएको बताउनुभयो । ‘बिहानै हामीले सबै कुरा बुझिसकेका थियौँ । मैले बुझेरै कुरा उठाएको हो’, उहाँले भन्नुभयो, ‘संकेत राम्रो नदेखेको भएरै कुरा उठाइएको हो । मेरो कुरामा धेरै साथीहरुको समर्थन छ ।’

टिप्पणीहरू