प्रधान न्यायाधीशकैमा विघटनको मुध्दा

प्रधान न्यायाधीशकैमा विघटनको मुध्दा

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी १९ वटा रीटको सुनुवाइ अहिले बिहान साढे ११ बजेदेखि प्रधान न्यायाधीशकै बेन्चमा राखेर सुनुवाइ गर्न लागेको छ ।

१४६ माननीयसहितले हालेकोसहित बाँकी ११ वटाको हकमा भने भोलि संबैधानिक इजलासले हेर्ने तय भएको छ । आजको पेशीबाट भोलिकोमा एकमुष्ट लगाउ राख्ने या सरकार र राष्ट्रपतिका नाममा केही आदेश जारी हुनसक्ने सम्भावना छ ।

राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवाको तर्फबाट पेश गरिएको दावी (हस्ताक्षरसहित) र प्रधानमन्त्रीले बुझाएको आफ्नो र जसपाको एकमुष्ट पत्र,निर्वाचन आयोगमा दर्ता रहेको दलहरुको केन्द्रीय नेतृत्व तथा साँसदहरुको सक्कली हस्ताक्षरसहित मगाइने सम्भावना रहेको बताइन्छ ।

टिप्पणीहरू