आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

झापा र कपिलवस्तुमा भएको आगलागीहुँदा लाखौँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–२, मंगलबारे बजार बस्ने नन्दकला राईको घरमा सोमबार बिहान आगलागी हुँदा छिमेकी नेत्रप्रसाद चिमोरियाको घर तथा सोही घरमा रहेको दुर्गा बुढाथोकीको होटल समेत जलेको हो ।

आगलागीबाट ८८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको आशंका गरिएको छ ।

यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा बस्ने मेवालाल गुप्ताको केबी अटो मोबाइल्समा मोटरसाइकलमा पेट्रोल हाल्ने क्रममा आगलागी हुँदा पम्पको मेशिन जलेर नष्ट भएको छ ।

आगलागिबाट करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

टिप्पणीहरू