आजै दिउँसो माधवकुमार नेपालहरु पार्टीबाट निकालिने

आजै दिउँसो माधवकुमार नेपालहरु पार्टीबाट निकालिने

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित फरक धारकालाई साधारण सदस्यताबाट समेत निश्कासन गर्न आज दिउँसो ४ बजे बालुवाटारमा स्थायी समिति बैठक बोलाउनुभएको छ ।

सर्वोच्चको फागुन २३ को फैसलाअनुसार ०७५ जेठ २ को अवस्थामा पार्टीका सबै संरचना मिलाउन दुबै तर्फबाट गठित पाँच पाँच सदस्य सम्मिलित कार्यदल पनि आजै विघटन गर्ने तयारी छ ।

मुलुक चुनावमय हुन लागेकोले “गल्ती सुधारेर” आउनेलाई उचित स्थान दिइने आह्वान समेत त्यसपछि गरिने बताइन्छ ।

टिप्पणीहरू