बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक शुरु

बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक शुरु

हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उपधारा नै छलेर र छोटो समयसीमा तोकेर नयाँ सरकार गठनका लागि आव्हान गरेपछि राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको छ ।

सरकार गठनको समयसीमा घर्किंदै जाँदा विपक्षी दलहरु छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपाका शीर्ष नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भेला भएका छन् ।

राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेका विपक्षी दल निर्णायक छलफलमा जुटेका हुन् ।

टिप्पणीहरू