पार्टीभित्रको सहमति धोति लाग्यो, दूतावासले के घोकायो ?

पार्टीभित्रको सहमति धोति लाग्यो, दूतावासले के घोकायो ?

हिजो राष्ट्रपतिले एकाएक संविधानको धारा ७६ ,उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आव्हान गरेपछि राष्ट्रिय राजनीति तरंगित छ ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको २० घण्टे समयसीमा घर्किंदै जाँदा विपक्षी दलहरु रणनीति बनाउन छलफलमा जुटेका बेला जसपाको महन्थ ठाकुर खेमा भने बालुवाटारसँग झन नजिकिएको छ । महन्थ र राजेन्द्र हिजो राती प्रधानमन्त्री ओलीसङ्गै शीतल निवासमा थिए । त्यहीँ धेरै थरी सहमति भयो ।

ठाकुरलाई प्रधानमन्त्रीमा समर्थन जुटाउन अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादीका शीर्ष नेताकोतिर दौडधुप गरिरहेका बेला महन्थ खेमाले आफूपक्षीय संसदीय दलको बैठक राखेको छ ।

१२ बजे बालकुमारीमा ६ जना शीर्ष नेताको बैठक बोलाइसकेको अवस्थामा महन्थ खेमाले छुट्टै संसदीय दलको बैठक राखेपछि अस्ति दुई अध्यक्षबीच भएको भनिएको सहमति तोडिएको अनुमान गरिएको छ ।

‘महन्थहरु ओलीसँगै जाने देखियो । १२ बजे शीर्ष तहमा बैठक बोलाइसकेको अवस्थामा आफू पक्षका केही सांसदहरु राखेर बैठक गर्नुले उहाँहरुको नियत प्रष्ट भैसक्यो’,जसपा स्रोतले भन्यो, ‘शीर्ष नेताहरुको बैठक त आँखामा छारो हालेको मात्र रहेछ ।’

अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीका रुपमा अघि सार्न पार्टीमा एकमत हुँदा पनि ठाकुरको बालुवाटार मोह बुझिनसक्नु भएको स्रोत बताउँछ । ‘पार्टीभित्रको सहमति भन्दापनि दूतावासको सहमति निर्णायक बन्यो भनेर बुझ्नुपर्यो’,स्रोतले भन्यो ।

पछिल्लो समय प्रधानमन्त्री ओली र महन्थ ठाकुरहरुको अप्रत्यासित मिलनलाई जसरी पनि प्रतिनिधिसभा विघटन गराउने दक्षिणको चाहनाको केन्द्रबिन्दुका रुपमा धेरैले विश्लेषण गरेका छन् ।

टिप्पणीहरू