रास्ट्रपतिको सूचनाविरुद्ध लगिएको रिट क्वारेन्टाइनमा थन्कियो

रास्ट्रपतिको सूचनाविरुद्ध लगिएको रिट क्वारेन्टाइनमा थन्कियो

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ,उपधारा ५ अनुसार सरकार गठनका लागि हिजो गरेको आव्हान असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ ।

तर,बिहान १० बजे नै पुगेको रिट दर्ता भएको छैन । अदालत प्रशासनका अनुसार,तीन घण्टा अनिवार्य क्वारेन्टाइनमा राख्ने नियमअनुसार अहिले यससम्बन्धी सबै कागजातलाई गेटमा छुट्टै राखिएको छ । अदालत स्रोतका अनुसार दिउँसो २ बजे रिट दर्ता प्रक्रिया शुरु हुनेछ ।

राष्ट्रपति कार्यालय,प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाएर अधिवक्ता सन्तोष भण्डारीले रिट दायर गर्न लागेको बुझिएको छ ।

रिटमा एउटा सरकार हुँदाहुँदै अर्को सरकार गठनको प्रक्रिया अघि बढाउनका लागि राष्ट्रपतिले जारी गरेको सूचना असंवैधानिक भएकाले खारेज गर्न माग गरिएको छ ।

टिप्पणीहरू