नवलपरासीमा बस पल्टियो,पाँच जनाको मृत्यु,४९ घाइते

नवलपरासीमा बस पल्टियो,पाँच जनाको मृत्यु,४९ घाइते

नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

बर्दघाट नगरपालिका-४ खुर्सानी खोला नजिकै ना.५ ख २७१३ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मीटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको हो ।

२ जना पुरुष र २ जना महिला गरी ४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ४९ जना घाइते भएका छन् ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाट, ईलाका प्रहरी कार्यालय सुनवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीबाट खटिएका प्रहरीले घाइतेहरुको उद्धार कार्य गरिरहेका छन् ।

टिप्पणीहरू